अत्तरिया – कैलालीको अत्तरिया निवासी नेपाली कांग्रेसका युवा नेता लोक राज पाण्डे (आगो) ले मरणोपरान्त आँखा दान गर्ने घोषणा गरेका छ । शनिवार आमाको वार्षिक पुण्य तिथिको अवसरमा उनले आँखा दान गर्ने घोषणा गरेका हुन ।
उनले नेपाल नेत्र ज्योति संघ कैलालीलाई आँखा दान गर्ने घोषणा गरेका थिए ।

उनले आमाले आफूलाई संसार देखाएकाले आमाको वार्षिक पुण्य तिथिको अवसरमा आँखा दान गरेको बताए । उनले आफ्नो आँखाले नेत्र विहीन मानिसलाई काम लागेस् भनेर मरणोपरान्त दान गर्ने घोषणा गरेको बताए ।

उनले आफ्नो शरीर पनि मरणोपरान्त सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई दान गर्न परिवार सँग सल्लाह गरेको र, विश्वविद्यालयमा एमबिबिएस पढाइ र ६ सय शय्याको अस्पताल सञ्चालनमा आएपछि उक्त घोषणा गर्ने बताए ।
वार्षिक पुण्य तिथिको अवसरमा आयोजित कार्यक्रममा गेटा आँखा अस्पतालका नेत्र अधिकृत देव राज पनेरुले आँखा दान गर्ने इछ्यापत्र पढेर सुनाएका थिए । नेत्र अधिकृत पनेरुले एक जनाले गरेको आँखा दानले दुई जनाको आँखाको ज्योति फर्काउन सकिने बताए । उनले आँखा दान जस्तो सार्थक दान कुनै नहुने बताए ।


















