अत्तरिया – कैलालीको अत्तरिया बसपार्कबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन् । शुक्रवार साँझ गोदावरी नगरपालिका – २ स्थित बसपार्कबाट डडेल्धुराको अमरगढी नगरपालिका – ९ का २१ वर्षीय प्रकाश साउँद पक्राउ परेका हुन ।

उनको साथबाट २ ग्राम ६७० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

हिडीरहेको अवस्थामा शङ्का लागी चेकजाँच गर्दा उनको साथबाट लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीका अनुसार उनी आफूसँग भएको लागू औषध बिक्री गर्नका लागि फोनमा डिल गरिरहेका थिए । सोही समयमा साधा पोसाकमा खटिएको प्रहरीले उनलाई निगरानीमा राखेर खानतलासी गरेपछि उनी पक्राउ परेका हुन । उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

















