खाेज्नुहाेस

धनगढीका व्यवसायी धामी मृत फेला

Image

धनगढी – धनगढीका कम्प्युटर सम्बन्धी व्यवसाय गर्दै आएका नरेश धामी मृत फेला परेका छन । धनगढीमा एनसिसिएस कम्प्युटर सञ्चालन गर्दै आएका धामी शिवपुरी जङ्गलमा मृत फेला परेका हुन ।

navjiwan hospital

उनी कात्तिक ३ गते सोमवार साँझ ७ बजेदेखि बेपत्ता भएका थिए । उनी धनगढी उपमहानगरपालिका–४ शिवपुरी जङ्गलमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको मृत्युको कारण भने नखुलेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको कैलालीले अनुसन्धान गरिरहेको बताएको छ ।

add everest academy
attariya hospital

सोमवार नै काठमाडौँबाट धनगढी फर्किएका धामीले दिनमा आफ्नो पसलमा काम गरेका थिए । साँझ कोठाबाट अकस्मात् बेपत्ता भएको उनको परिवारका सदस्यहरूले बताएका थिए । धामीले बोकेको मोबाइल बन्द थियो ।