अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले भाइटिकाका दिन (कार्तिक ६ गते) निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले नवजीवन अस्पताल धनगढीको सहयोगमा अत्तरिया देखि धनगढी, अत्तरिया देखि चौमाला र अत्तरिया देखि ओलानी (गौडी) सम्म निःशुल्क बस सेवा सञ्चालन गर्न लागेको हो ।
नगरप्रमुख वीरेन्द्र भट्टले भाइटिकाको दिन यात्रा गर्न सहज होस भन्ने उद्देश्यले बस सञ्चालन गर्न लागिएको बताए ।


नगरपालिकाले तीन वटै रुटमा एक एक बस सञ्चालन गर्ने जनाएको छ ।
अत्तरिया देखि धनगढी सम्म बिहान ९ बजे, साढे १० बजे, साढे ११ बजे, दिउँसो साढे १२ बजे र १ बजे छुट्ने छ । यस्तै अत्तरिया देखि चौमाला बजार सम्म बिहान ९ बजे, साढे १० बजे, पौने १२ बजे र दिउँसो १ बजे छुट्ने छ । अत्तरिया देखि ओलानी गौडी सम्म बिहान ९ बजे, पौने १२ बजे र दिउँसो १ बजे निःशुल्क बस सञ्चालन हुने नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ ।


















