अत्तरिया – कैलालीको धनगढी उपमहानगरपालिका – २ बैयाबेहडीमा रहेको बाग एकता सेवा समाजको साधारण सभा सम्पन्न भएको छ । मंगलबार समाजको आर्थिक वर्ष २०८२/०८३ को साधारण सभा सम्पन्न भएको हो ।

‘सहयोगको सानो कदम परिवर्तनको ठुलो सुरुवात बाग एकता सेवा समाज’ भन्ने मूल नाराका साथ आयोजना गरिएको साधारण सभाबाट कर्ण बहादुर बागको अध्यक्षतामा कार्यसमिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा नरेश बहादुर बाग, सचिवमा गणेश बहादुर बाग, सहसचिवमा सरिता देवी बाग, कोषाध्यक्षमा उर्मिला बाग चयन भएका छन् ।

त्यस्तै सदस्यमा जानकी बाग, मंगला देवी बाग, तुली देवी बाग, कुल बहादुर बाग चयन भएका छन् । समितिको सल्लाकारमा संयोजकत्वमा खडक बहादुर बाग र सदस्यहरूमा अमर बहादुर बाग, टेक बहादुर बाग, लालु बहादुर बाग, कर्ण बहादुर बाग, भीम बहादुर बाग, गणेश बहादुर बाग रहेका छन् ।
तदर्थ समिति अध्यक्ष कर्ण बहादुर बागको सभापतित्वमा सम्पन्न साधारण सभामा विशिष्ट अतिथिहरूमा ज्येष्ठ नागरिक कल्यान सिंह बाग, नर बहादुर बाग, समाजसेवी राम बहादुर बाग रहेका थिए । लाल बहादुर बागले स्वागत मन्तव्य राखेको कार्यक्रममा आर्थिक प्रतिवेदन कर्ण बहादुर बागले राखेका थिए । कार्यक्रम सञ्चालन खडक बहादुर बागले गरेका थिए ।

















