अत्तरिया – डोटीको पुर्वीचौकी गाउँपालिकाका कर्मचारीले पालिका भरीको कामकाज स्थगन गरेका छन् । बुधवार कर्मचारीहरूले एक प्रेस विज्ञप्ति जारी गर्दै कार्यालयको दैनिक कामकाज गर्न असहज अवस्था सिर्जना भएकोले कामकाज स्थगन गरिएको जनाएका छन् ।
विज्ञप्तिमा पूर्वीचौकी गाउँपालिकाका युवा समाजले ४७ बुँदे माग राखी पेस गरेको निवेदन उपर पूर्वीचौकी गाउँपालिका र पूर्वीचौकी युवा समाजका प्रतिनिधि बिच दिनभरि छलफल गर्दा निचोड ननिस्केपछि काम गर्ने वातावरण नभएको उल्लेख छ ।


विज्ञप्तिमा भनिएको छ ‘असोज २८ गते पूर्वीचौकी गाउँपालिकाका युवा समाजले यस कार्यालयमा ४७ बुँदे माग राखी पेस गरेको निवेदन उपर पूर्वीचौकी गाउँपालिका र पूर्वीचौकी युवा समाजका प्रतिनिधि बिच दिनभरि छलफल गर्दा निचोड ननिस्केको र आज (असोज २९) गते पनि पूर्वीचौकी युवा समाजका युवाहरू सँग अन्तिम निष्कर्ष नहुने अवस्था देखिएको र कार्यालयको दैनिक कामकाज गर्न असहज अवस्था सिर्जना भएकोले यस कार्यालयको सम्पूर्ण दैनिक कामकाज अर्को सूचना प्रकाशित नहुँदा सम्मका लागि यस कार्यालय र मातहतका बडा कार्यालयहरूको दैनिक कामकाज स्थगन भएको ब्यहोरा जानकारी गरिन्छ ।’

सम्बन्धीत समाचार : पूर्वीचौकी गाउँपालिकामा तालाबन्दी


















