अत्तरिया– बझाङको मष्टा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । पालिकाका पालिकाकै वडा नं. १ को जेन जी समुहले मंगलबार कार्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरेको हो ।

आफूहरुले केही मागहरु राखेको र सो मागको सुनूवाई नभएका कारण कार्यालयमा तालाबन्दी गरिएको जेन जी समुहका संयोजक हिमाल खड्काले बताए । उनले मष्टा गाउँपालिका– १ मा रहेका विभिन्न समस्याहरुको समाधानका लागि गाउँपालिकासँग मागको सम्बोधनका लागि जाँदा जिम्मेवार निकायले मागको वेवास्था गरेकाले तालाबन्दी गरिएको बताए । उनले माग सम्बोधन नभएसम्म तालाबन्दी यथावत रहने बताए ।


उनिहरुले वडामा खानेपानी, सडक, पातलगडामा पुल, विद्युत, सहकारीले हिनामिना गरेको रकम फिर्ता गरी सहकारीलाई कारबाही गर्नुपर्ने र गाउँपालिकामा रहेका सम्पुर्ण जनप्रतिनिधि तथा कर्मचारीको सम्पत्ति सुद्धिकरण गर्नुपर्ने लगायतका मागहरु राखेका छन् ।
















