खाेज्नुहाेस

सुनको मुल्य २४ सयले बढ्यो

Image
file photo

स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ। आइतबार भएको कारोबारको तुलनामा सोमबार सुन प्रतितोला दुई हजार चार सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार प्रतितोला दुई लाख ३८ हजार रूपैयाँमा कारोबार भएको सुन सोमबार दुई लाख ४० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

attariya hospital
navjiwan hospital

महासंघका अनुसार सोमबार चाँदीको मूल्य पनि प्रतितोला ९५ रूपैयाँले बढेको छ।

आइतबार प्रतितोला तीन हजार एक सय २५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार तीन हजार दुई सय २० रूपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।