नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँले घटेर २ लाख ३५ हजारमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार सुन तोलामा २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा ३ हजार २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा ३ हजार ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

















