खाेज्नुहाेस

बझाङमा घाइते स्वास्थ्यकर्मीको मृत्यु

Image

 बझाङ – बझाङमा मोटरसाइकल दुर्घटनामा घाइते भएका स्वास्थ्यकर्मीको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका– ३ का ३८ वर्षीय नरजितबहादुर खड्काको बिहीबार मृत्यु भएको हो ।

navjiwan hospital

उनी गत असोज १७ गते साँझ जयपृथ्वी नगरपालिका–२ बाट घर जाने क्रममा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेका थिए । उपचारका लागि उनलाई धनगढी हुँदै भारत पठाइएको थियो ।

attariya hospital

उनको उपचारकै क्रममा मृत्यु भएको हो । उनी तलकोट गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखका रूपमा कार्यरत थिए ।