बझाङ – बझाङमा बरामद गरिएको ५० लिटर घरेलु मदिरा नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङले चैनपुर बजारका होटेल तथा पसलहरूबाट बरामद गरिएको अवैध मदिरा नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय, बझाङमा कार्यरत प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाको कमाण्डमा खटिएको १० जनाको प्रहरी टोलीले ५० लिटर घरेलु मदिरा, ९० लिटर मदिरा बनाउने कच्चा पदार्थ र २० बढी भाँडाहरू बरामद गरेको थियो ।

प्रहरीले सोमवार अवैध घरेलु मदिरा नष्ट गरेको बताएको छ ।















