खाेज्नुहाेस

आज पनि नेपालका मध्य पूर्वी क्षेत्रमा वर्षा हुँदै, सुदूरपश्चिममा मौसम सामान्य बन्दै

Image
अत्तरिया – बङ्गालको खाडीबाट आएको जनवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभावले नेपालका मध्य पूर्वी क्षेत्रमा ठुलो वर्षा भइरहेको छ ।
attariya hospital
आज बिहान पनि देशका मधेस, बागमती प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा र कोसी  र गण्डकी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
navjiwan hospital
आज दिउसो कोसी र मधेस प्रदेशका अधिकांश स्थानहरूमा पूर्ण बदली रही बागमती र लुम्बिनी प्रदेशमा साधरणतया बदली र बाँकी भूभागहरूमा आंशिक बदली रहने छ। यस्तै आज राति कोसी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरू र बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा सम्भावना रहेको छ।
नेपालमा मनसुन भित्रिए पनि सुदूरपश्चिममा भने त्यसको प्रभाव न्यून परेको छ । नेपालको मध्य भागबाट भित्रिएको मनसुनी बायु पूर्वी भागतर्फ सरिरहेको छ ।
गए राति कैलालीको चुरे पहाडी क्षेत्र गर्भामा ७० मिलिमिटर वर्षा मापन गरिएको भए पनि अन्य भू–भागमा घाम लागेको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालय प्रमुख सञ्जय साहले बताए ।  प्रदेशमा मौसम क्रमशः सामान्य हुँदै जाने उनले बताए ।