धनगढी – धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको बस कपिलबस्तुको शिवराज नगरपालिका १, बनकसबासस्थित दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान भएको बस दुर्घटनामा डोटीको सिलगढी नगरपालिका–१ कि अन्दाजी १७ वर्षीय सरस्वती खड्काको मृत्यु भएको हो ।

ना ८ ख ५७०३ नम्बरको बस अनियन्त्रित भएर सडकमै पल्टिएको थियो । दुर्घटनामा २४ जना घाइते भएको प्रहरीले जनाएको छ । बसमा ४० जना सवार रहेका थिए ।

दुर्घटनापछि चालक फरार रहेको र उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।



















