बझाङ– बझाङमा दुई युवा समूहबिच झडप हुदा २ जना घाईते भएका छन । जिल्ला सदरमुकाम चैनपुर बजारमा दुई समूहबिच झडप हुदा २ जना घाईते भएका हुन ।

बिहिबार बेलुका ६ बजेतिर चैैनपुर बजारमा रहेको जिमहल नजिकै भएको झडपमा छविस पाथिभेरा– ७ का किरन धामी र जयपृथ्वी नगरपालिका–३ का प्रवेश बिष्ट घाईते भएका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रहरी कार्यालयका अनुसार धामीको टाउँकोमा चोट लागेर बेहोस अवस्थामा रहेको र प्रवेश बिष्टको अवस्था भने सामान्य रहेको छ । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरिक्ष लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।
कुटपिट गर्ने अनिल बोहरा र रमिल बोहरा भने फरार रहेको प्रहरीको भनाइ छ । फरार रहेका उनिहरुको खोजिकार्य तिब्र पारेको प्रहरीले जनाएको छ ।















