खाेज्नुहाेस

कैलाली उद्योग वाणिज्य संघको नयाँ निर्वाचन मिति तोकियो

Image

धनगढी – कैलाली उद्योग वाणिज्य संघको ५१ औं साधारणसभा तथा चुनावी अधिवेशनको मिति तोकिएको छ । भदौ २३ र २४ गते हुने भनिएको अधिवेशन जेन जी आन्दोलनका कारण स्थगित भएपछि नयाँ मिति तोकिएको हो ।

navjiwan hospital

जसअनुसार अब स्थगित भएको अधिवेशन असोज २५ गते हुने संघका अध्यक्ष पुष्पराज कुँवर बताए । उनले दसैं र तिहारको बिचमा उपयुक्त मिति निर्धारण गरी अधिवेशन गरिने सहमतीअनुसार सर्वपक्षीय बैठकले सो मिति निर्धारण गरेको बताए ।

attariya hospital

संघको २२ सदस्यीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता भई उम्मेदवारहरुको अन्तिम नामावली पनि प्रकाशन गरिएको छ । अध्यक्ष पदका वर्तमा वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा र पूर्वमहासचिव रुपेश स्वाँरले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

संघको पदाधिकारी तथा सदस्य पदका लागि छ जना व्यवसायीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष कुँवरका अनुसार संघका दुई हजार २७४ जना सदस्यले मतदानमा सहभागी हुन पाउने छन् ।