अत्तरिया – जेनजी आन्दोलनका क्रममा ज्याउन गुमाउनेहरुको सम्मान स्वरुप आज राष्ट्रिय शोक विदा दिइएको छ ।

गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने मन्त्रिपरिषद्को निर्णय रहेको उल्लेख गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस सम्बन्धी निर्णय गरेको थियो ।
















