खाेज्नुहाेस

संविधान र प्रणाली बच्यो, ‘बडो जुक्ति’ले प्राप्त अवसर चुनावमा सदुपयोग गर्नुस्

Image
Senior Leader of Nepali Congress, Ram Chandra Paudel addressing Nepali Congress cadres, supporters participated during the nationwide rally protest against Nepal Communist Party (NCP) and Government calling the government out for corruption, bad governance in Kathmandu, Nepal on Monday, December 14, 2020. (Photo by Narayan Maharjan/NurPhoto via Getty Images)

संसद् विघटनको मुद्दामा प्रमुख दलहरूले असन्तुष्टि जनाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो कदमको बचाउ गरेका छन् । राष्ट्रपति पौडेलले पछिल्लो राजनीतिक निर्णयबाट संविधान तथा संसदीय प्रणाली बचेको र संघीय लोकतान्त्रिक गणतन्त्र कायम भएको जिकिर गरेका छन् ।

navjiwan hospital

‘देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्नपश्चात् एउटा शान्तिपूर्ण निकास निस्किएको छ । संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन्,’ शीतलनिवासमा सल्लाहकार तथा पदाधिकारीसँग शनिबार छलफलपछि राष्ट्रपतिले जारी गरेको वक्तव्य छ ।

attariya hospital

राष्ट्रपति पौडेलले २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा जान राजनीतिक दलहरूलाई आह्वान गरेका छन् । ‘बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैँमा सम्हालिँदै आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न म सबै पक्षलाई हार्दिक अपिल गर्दछु,’ राष्ट्रपतिले संसद् विघटनको विरोध गरेका दलहरूलाई लक्षित गर्दै शनिबार सन्देश दिएका छन् ।