बाजुरा– जेनजी आन्दोलनमा गएका बाजुराका एक युवा सम्पर्कविहीन भएका छन् । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका– २ सुपानाका २३ वर्षिय ओब्जन बुढा सम्पर्क बिहिन भएका हुन ।

यहीँ भदौ २३ गते संघीय राजधानी काठमाडौंमा जेनजी युवाहरुको आन्दोलनमा सहभागी भएका बुढा हालसम्म सम्पर्कमा नआएको परिवारले जनाएको छ ।

उनी काठमाडौं स्थित चाबहिलमा बस्दै आएका थिए । जेनजी युवा समूहको आन्दोलनमा सहभागी भएका ओब्जन हालसम्म सम्पर्कमा नआएपछि आफन्तहरु चिन्तामा परेका छन् । उनका दाई कपुर बुढाका अनुसार अहिले उनको फोन अफ छ । आजसम्म पनि ओजन सम्पर्कमा नआएपछि परिवारले खोजी कार्य गरिदिन अनुरोध गरेको छ ।














