खाेज्नुहाेस

माटोको माया

Image
हिन्दुस्तानमा जब पर्‍यो बेलायतको कदम,
चारैतिर कब्जा गर्ने सायद खाए थ्यो कसम,
attariya hospital
लाखौँको सेना तोप, गोला हजारौँको दर्जन,
चिताको जस्तो चाल उसको सिंहको थियो गर्जन!
अब पर्‍यो उसको नजरमा
दुई ढुङ्गा बिचको तरुन् झैँ सुन्दर, शान्त नेपाल,
उसले कब्जा गर्न खोज्यो केही भूभाग!
बिस्तारै चर्किँदै गयो सीमा विवाद,
तब युद्धमा परिणत भयो, यो विवाद!
निस्कियो बाहिर नाङ्गो खुकुरी हातमा जिउँदो गोर्खाली बाघ!
कयौँ गोर्खाली छाती आर-पार गर्छ, त्यो बन्दुकको गोली!
तर ढग्गमगाएनन् कदम खेलायो पुर्खाले रगतको होली!
पुर्खा माथि ओसिँना झैँ बर्सियो, तोली-तोली बन्दुकको गोली!
तर पनि कतिपय ठाउँमा भाग्न बाध्य बेलायती सेनाको टोली!
बुढो थियो हड्डी तर गलेको थिएन।
नवजवान सेनाको उहाँ सामु चलेको थिएन।
ताण्डव मच्चायो भक्ति थापाले यस्तो!
स्वयम् महाकाल ले तृनेत्र खोले जस्तो!
शत्रुको घाँटी छिनाल्दै अघि बढ्दै थ्यो गोर्खाली कदम!
महिला, बाबु, नानी, बुढा, बाला, गोर्खाली दबङ्ग!
navjiwan hospital
भोको बसेको थियो, पेट आँखामा अँध्यारो छाउँदै थियो।
त्यो वनमा कोइली चरी विरहीको गीत गाउँदै थियो।
चारैतिर घेरा हाली शत्रु नजिक आउँदै थियो।
हजारौँ सेना बाहिर,भित्र वीर बलभद्र खुकुरी धार लाउँदै थियो।
लागेको यो प्याँस खुनले मेटिन्छ, तर माटो बेचिन्न।
चन्द्र सूर्य अङ्कित रहे सम्म नेपाल नाम मेटिन्न।
यहाँ एकै जात गोर्खाली दोस्रो जात भेटिन्न।
जब हावामा नृत्य गर्छ, खुकुरी शत्रु कैले जीवित देखिन्न।
दुर्भाग्यवश गुमायौँ केही भूभाग, तर फैलियो विश्व सामु यस्तो आग!
शत्रुको कानमा गुन्जिन्छ, अझै वीर गोर्खाली आवाज!
बलिदान पुर्खाको नेपाल आफैँमा स्वतन्त्र!
तर आज राजनीति लोकतन्त्र, गणतन्त्र!
जनता निमुखा पार्न मच्चेको छ लुटतन्त्र!
स्मरण रहोस्!
रगतले लेखिएको इतिहास मेरो देशको यही हो मूल मन्त्र!
फुल कसरी फुल्छ र खै जरा पुरै कुहिएँ पछि,
जग बलियो बसाली के गर्नु छानो पुरै चुहिएँ पछि,
दूध कसरी दुहुनु हो खै? आशाको गाई तुहिएँ पछि,
गोठालो को मन खिन्न भाछ, त्यो चौँरी गाई तुहिएँ पछि।
 – कवि वसन्त कुमार दार्चुला बहुमुखी क्याम्पसका विद्यार्थी हुन्।