खाेज्नुहाेस

आमा

Image
आमा भन्ने शब्द कति महान् ?
अनि कति ? ठुलो है!
attariya hospital
शब्द कोषमा पनि अटाउन नसकिने!
विश्वभरि चर्चित,मायालु अनि
कुनै चोट लाग्दा पनि बोलिने,
पहिलो शब्द आमा.!

आमा…..
हजुरले मलाई जन्म दियौ,
दशधारा दूध खुवायौ, हात समाइ हिँड्न सिकायौ!
भएभरको काँडा आफूले राखी,
बिचमा फलेको फल मलाइ खुवायौ !
आमा…….
त्यसपछि बोल्न सिकायौ!,
त्यो पनि
पहिला आमा भन्न नलगाई,
बाबा भन् त बाबु भनी, बाबा शब्दबाट गर्‍यौ सुरु!
त्यसैले त भन्छु, बाबा मेरा सहारा हौ,
आमा महान् शिक्षित गुरु!!
आमा……
त्यसपछि एक, दुई भनी गन्न सिकायौ!
हातका आउला अनि, मकैको दाना गन्दै!!
हजुरले पढ्न सिकायौ,
आफू घोडा बनेर मलाइ, पिठ्युँमा चढायौ,
अ-अमला अनि आ-आमा भन्दै!!
कति? महान् है मेरी आमा!
आमा…
ती विगतका दिनहरूको अझै याद छ,
बिर्सेको छैन आमा !
कोखाइ – कोखाइ भन्दै, खाना खुवाएकोl
मध्यरातमा बिउँझिँदा ,
नुनु गर – नुनु गर भन्दै, सुताएको!
navjiwan hospital
आमा……
अझै याद छ, बिर्सेको छैन
हजुरको त्यो ऋण! जो,
म हजुरलाई पिडाको बेला,,
सघाएर साथ दिन सक्छु होला, तर
चाहेर पनि म,
हजुरको त्यो ऋण कहिल्यै तिर्न सक्ने छैन!
आमा……
ती दिन सम्झिदा मन भारी हुन्छ,
रात भरी छटपटाहट हुन्छ,
निद्रा पर्नुको त कुरै नगरौँ,
हजुरलाई कहिले? सुखै- सुखमा राख्न सकुँला सोच्छु!
आमा यही कुरा सम्झिदा, रात बितेको पत्तै हुँदैन,
सितको पानीको थोपा झरे झैँ,
 कतिखेर? आँसु झरेर
आधा सिरानी भिजेको , पत्तै हुँदैन!!ॐ
आमा……
म फेरि आफै निद्रा खुले झैँ, झसङ्ग हुन्छु,
अनि फेरि सोच्छु….
अहँ ! यसरी हुँदैन, ढिला भएपनी,
आमाको त्यो फाटेको चोली, सिलाउने धागो र सियो,
खोज्दै अघि बढ्दै छु ,
म पक्कै भेट्ने छु!!
हे भगवान्!
चोली सिलाउने
त्यो धागो र सियो ,
म एक दिन पक्कै भेटाउने छु, र,
मेरी आमाको चोली ,
एक दिन पक्कै फेर्ने छु!
त्यतिन्जेल!! भगवान् रूपी !
मेरी आमाको सधैँ ख्याल गरिदिनु है भगवान्!
कवि निर्मला धामी मालिकार्जुन माध्यमिक विद्यालय दार्चुलाकी विद्यार्थी हुन्।