बेलौरी – कञ्चनपुरको बेलौरी नगरपालिका – १० भुडामा मोटरसाइकल र साइकल ठोक्किदा ४ जना घाइते भएका छन ।

शुक्रवार राती भुडाबाट सडकघातर्फ गइरहेको सु प्र प ०२००३प ३४१८ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फबाट आइरहेको साइकल एकआपसमा ठोक्किदा चार जना घाइते भएका हुन ।

प्रहरीका अनुसार घाइते हुनेमा मोटरसाइकल चालक ओमपाल चौधरी, पछाडि सवार रिनेभ चौधरी, साइकलमा सवार अमृत चौधरी र बन्धुराम चौधरी घाइते छन । उनीहरुको टाउकोमा चोट लागेको छ ।
चारै जनालाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएको छ ।

















