खाेज्नुहाेस

अलविदा 

Image
‎राम्रै चलिराको थियो  आँखा लाग्यो कुन को
‎यहाँ म परेछु फलाम उनले भेटिन् मान्छे सुनको
attariya hospital
‎आज रिसाएनी दुई दिन मा फकाउन आउँछिन् सोचे तर
‎तेस्रो दिन मा मलाइ बिहेको निम्तो आयो उनको
‎कमाउँथे म प्यारी पछि हाम्रो नि बिहे हुन्थ्यो
‎तिमीले हतारै नगरी केही समय लिए हुन्थ्यो
‎निम्तो दिन आयौ एकैचोटी सुपारीको सट्टा बरु
‎खाएसी फ्याट्टै मर्ने खालको जहर दिए हुन्थ्यो
‎के गरूँ अरूले बेहुली बनाई लाने दिन
‎अनि दुनियाँले खसी बोका टन्न खाने दिन
‎कति माया गर्छु भनी नसोध न माया
‎मेरो घर मलामी हुन्छ तिम्रो जन्ती जाने दिन
‎मुटु मर्‍यो मर्छ ज्यान अमर त छैन मेरो
‎तिमि आफूखुसी जे गर केही सर्त छैन मेरो
‎तिमीले बिहे गर्छौ भनी मैले धम्की देको हैन
‎बस् तिमि नभए बाच्नु को केही अर्थ छैन मेरो
‎लगेपछि पराइले मेरी सानीलाई अब
‎भन्नु पनि के भन्नु आफै जानीलाई अब
‎हिजो सिरानी हौ तिमि सोची मस्त निदाईदिन्थे
‎आज को सम्झेर अन्गालु म सिरानीलाई अब
‎मनको कुरा सुन्न सके ढुक्क भन्छु रुन्थ्यौ
‎तिमी दुनियालाइ छाडी केवल यो मान्छे लाई चुन्थ्यौ
‎  माया यति दिन्थे तिमिलाई कल्पनाको बाहिर
‎ जस्तो मेरो घर मन्दिर भए देवी तिमी हुन्थ्यौ
‎साँझ पख चुलो मा टक्क आगो बाली
‎अनि हामी दुई लाई पुग्ने जति खाना त्यहाँ बसाली
‎जब हासिदीन्थ्यौ ठ्याक्कै खुवाइदिन्थे
‎सानो रोटी को टुक्रामा धेरै माया हाली
‎के गर्दै छौ अचेल अनि कुन हालमा छौ
‎सँगै नभए पनि मेरो यादको सँगालो मा छौ
‎ अ ठिकै छु म यसै एक्लै बितिराछ जीवन
‎तिमि पनि एक्लै छौ कि उसको अँगालो मा छौ
‎नैतिकता को स्वाद पनि चर्को थियो होला
‎उनले खोजिराको केटा धनी घर को थियो होला
‎मेरो भने दुनियाँमा केवल उनी थिइन्
navjiwan hospital
‎तर उनको भने ब्याक अप सायद अर्को थियो होला
‎एक्लै एक्लै एक्लै एक्लै अब यस्तै परान जाला
‎मेरो मुटुकै पिडाले मानसिक सन्तुलन खाला
‎मैले भए जति सके जति माया उनलाई गरे
‎सबै उनीजस्तो भए नजिक कोइ नआइजा साला !
‎ तिमीलाई नि के दोष दिनु मै मा खोट होला
‎उसलाई अङ्कमाल अनि मलाई धोका को चोट होला
‎जीवन मसित नै काट्छु भन्दा भन्दै बिहे गर्‍यौ
‎अब मैले चुम्ने गाला मा अर्कैको ओठ होला
‎गर्दिनँ म माया, घृणा भरसक गर्ने छैन
‎मेरो यादमा छ्यौ, यादबाट अलग गर्ने छैन
‎भोलि मलाई सम्झी म्यासेज गर्छ्यौ यही सोचेर नै तिम्रो
‎फोन नम्बर र फेसबुक आइडी ब्लक गर्ने छैन
‎अब
‎भरोसा नगरी माया मा खरानी धस्छु
‎कोही प्रस्ताव लिएर आए भाग्छु, गुफा भित्रै पस्छु
‎तिम्रो मेरो माया मर्‍यो त्यही नि, तिमीले बिहे गर्‍यौ
‎पीडा मलाई भयो, पिरतीको मै किरिया बस्छु
‎यदि बाँचे भने लगाइदिनु सङ्घर्षको माला
‎तिमीलाई देखिरहँदा श्रीमानसँगै सिन्दूर हातमा बाला
‎किन
‎तेह्र दिन नपुग्दै तिमीले अर्कै पोइलाई छोप्यौ
‎तिम्रै यादै याद मा मेरो त खोइ तेह्र वर्ष जाला
‎तिमीले घात गरेऊ, अनि मनमै ला’सी सुनाइसक्यो
‎हो नि, बौलाएर खुसी खुसी हाँसी सुनाइसक्यो
‎तिम्रो माया गर्ने तरिकालाई कठघरामा उभ्याई
‎तिमीलाई यो मुटुको न्यायाधिशले फाँसी सुनाइसक्यो
‎जानु तिमी धेरै टाढा नफर्किने गरी
‎बरु सम्हालुँला आउँदा तिम्रो याद घरी घरी
‎जाने बेला एक पटक पछाडि फर्की हेर्नु
‎ तिमीले  खुसी को नै आँसु देख्छ्यौ मेरो आँखा भरी
‎खुकुरी मा गर्दन राख्यो मेरो मन ले अब
‎हार्‍यो, कि त जित्छ अहङ्कार ले कि त धन ले अब
‎साँचो माया लागे मुटु छिया छिया हुन्छ यार
‎पिरती नै नला भन्छु म त कोइ मदन ले अब !
कवि प्रकाश साउद मालिकार्जन माध्यमिक विद्यालय दार्चुलाका विद्यार्थी हुन्।