धनगढी – सुदूरपश्चिम सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीलाई ३० लाख बराबरका सामान वितरण गरेको छ । शनिबार कानुन मन्त्री हिरा सिंह सार्कीले प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रेम शाहीलाई एक कार्यक्रमका बीच सामान हस्तान्तरण गरेका हुन् ।

जसअन्तरगत डकिङ स्टेशन र भण्डार प्रणाली, प्रिन्टरको साथ ब्रेथलाइजर, फ्लोरोसेन्ट ज्याकेट, २ टन एसी जडान सहित, वौडी वर्न क्यामेरा, म्याजिक लाइट लगायतका सामाग्री सहयोग गरिएको मन्त्री सार्कीले बताए ।

उनले भने, ‘हामीले उपलब्ध गराएको सामग्रीलाई ट्राफिक प्रहरीले सही सदुपयोग गर्नुहुनेछ भन्ने आशा लिएका छौ । आगामी दिनमा पनि आवश्यक सामग्री लगायत भौतिक पूर्वाधारहरूको निर्माणका लागि पनि सुदूरपश्चिम सरकार सँगै आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रतिबद्ध छ ।’ उक्त सामग्रीलाई ट्राफिक प्रहरीको आवश्यकता अनुसार प्रदेश ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित ठाउँमा उपलब्ध गराउने छ ।


















