म त्यस्तो फुल भएको छु, जो,
फुल भएतापनी बगैँचामा, आज मेरो,

कुनै सुवास छैन ,र,
कुनै सुन्दरता छैन!
तैपनि मालिक भन्छन् !
कोसिस गर, हिम्मत नहार!
गन्तव्यमा पुर्याउने काम मेरो भयो ,
तिमी कोसिस गर!!
म के गुरु??
फुलको नाममा गनिएको छु, तर ,
आखिर यथार्थता देखाउन सकिरा छैन!
मेरै छेउ भै , हिँड्ने बटुवाले ,
गर्दै हिँडेका ती कुरा , सम्झिदा ,
म आफैमा धिक्कार भएको छु,
बगैँचाको लागि बोझ भएको छु!
तैपनि मालिक भन्छन् ,
कोसिस गर !
ढिला भए के भो?
तिमि असल उदाहरण बन्नुपर्छ, कोसिस गर!!
हिम्मत नहार !!

मलाइ आवश्यक परेको समयमा ,
मल पाएकै छु ,
टन्टलापुर घामलाई शीतल पार्न,
पानी समयमै पाएको छु ,तर ,
बगैँचामा अझै फुल्न सकिरा छैन!,
सकेजती कोसिस जारी नै छ ,तर,
सोचेजस्तो केही गर्न सकिरा छैन !,
म के गुरु??
मालिकले दिनुभएको हौसलाले !
म अझै वसन्तको पर्खाइमा छु,
सपना धेरै ठुलो बोकेको छु!,
मालिकको ओठमा हर्षको मुस्कान छर्ने!र,
आफूमा भएको सुवास्ना दिने
यो दोधारको यात्रा जारी नै छ !
तर!,
खै, मेरा ती सपना,
पूरा हुन्छन् या हुदैनन!
अझै दोधारमा छु !
म के गुरु??
कवि निर्मला धामी मालिकार्जुन माध्यमिक विद्यालय दार्चुलाकी विद्यार्थी हुन्।

















