खाेज्नुहाेस

बझाङको बित्थरडचिर गाउँपालिकाले ‘फाइटर रबिन्द्र ढाँट’ लाई नगद सहित सम्मान गर्दै

Image

बझाङ– बझाङको बित्थडचिर गाउँपालिकाले एमएमए फाइटर रविन्द्र ढाँटलाई सम्मान गर्ने भएको छ । गाउँपालिकाले ढाँटलाई नगद सहित सम्मान गर्ने भएको हो ।

navjiwan hospital

गाउँपालिकामै घर भएका ‘बझाङी बाघ’ उपनामले चिनिने एमएमए फाइटर ढाँटले हालै भारतमा सम्पन्न भएको ‘प्रोफेशनल फाइट’ मा भारतीय खेलाडीलाई पराजित गरेर उपाधी जितेका थिए । भारतीय खेलाडीलाई पराजित गर्दै नेपालको नाम उज्जवल बनाएकाले ढाँटलाई सम्मान गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

attariya hospital

गाउँपालिकाले उनलाई ३ लाख ११ हजार १११ रकमसहित सम्मान गर्ने घोषणा गरेको हो । गाउँपालिकाका अनुसार, खेल क्षेत्रमा ढाँटको योगदानलाई प्रोत्साहनस्वरूप उक्त रकम प्रदान गर्न लागिएको हो ।

गाउँपालिकाले एक प्रेस विज्ञप्तिमार्फत ढाँटको जितलाई गाउँकै गौरवका रूपमा लिएको बताउँदै भविष्यमा पनि यस्ता खेलाडीलाई सहयोग र प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएको छ ।