खाेज्नुहाेस

हीरक जयन्तीको अवसरमा चेम्बर अफ कमर्सद्वारा सुदूरपश्चिममा वृक्षारोपण

Image

अत्तरिया – नेपाल चेम्बर अफ कमर्सको ७५ औँ वर्षको अवसरमा देशै भरी हीरक जयन्ती मनाइँदै छ । सो अवसरमा नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेशले पनि प्रदेशका विभिन्न स्थानमा ७५ वृक्षारोपण र फुलका विरुवा वितरण कार्यक्रम गरेको छ ।

गोदावरी नगरपालिका – २ शान्ति टोलको शान्ति ग्रीनपार्कमा सुदूरपश्चिम प्रदेश युवा चेम्बरका अध्यक्ष जय धामीको नेतृत्वमा टोल विकास समितिका सल्लाहकार, सदस्य लगायत पार्क व्यवसायपन समितिका अध्यक्षको सहभागीतामा ७५ वटा फुलका बिरुवा रोपिएका छन् ।

attariya hospital

यस्तै धनगढी उपमहानगरपालिका – १३ स्थित पाहुना घर तथा होमस्टेकी सञ्चालिका करुणा चोैधरी र धनगढी उपमहानगरपालिका – ५ तारानगरमा रहेको जगदम्बा बहुउद्देश्यीय नर्सरीका सञ्चालक तथा पुष्प व्यवसायी कृषक समूह धनगढीका अध्यक्ष बलदेव प्रसाद भट्टलाई ७५/७५ वटा फुुलहरुका बिरुवा वितरण गरिएको चेम्बरका प्रदेश महासचिव रविन भट्टले जानकारी दिए । उक्त बिरुवा चेम्बरका प्रदेशका अध्यक्ष विनोद मल्ल (विप्लव) ले हस्तान्तरण गरेका थिए ।

navjiwan hospital

हीरक जयन्तीको अवसरमा कैलाली चेम्बर अफ कमर्स, धनगढी उपमहानगर पालिका चेम्बर अफ कमर्स, गौरीगंगा चेम्बर अफ कमर्स, सुदूरपश्चिम प्रदेश चेम्बर अफ कमर्स र प्रदेश युवा चेम्बरले कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा वृक्षारोपणका साथै फुलको बिरुवा रोपेको कुरा महासचिव भट्टले बताए ।
नेपालकै अग्रणी वाणिज्य सङ्गठन नेपाल चेम्बर अफ कमर्सको स्थापना बिस २००७ साल असोज २७ गते स्थापना भएको थियो । नेपाल चेम्बर प्रजातन्त्र आएसँगै स्थापित भएको हो ।

कैलाली चेम्बर अफ कमर्सका अध्यक्ष प्रमोद अधिकारीले ‘चेम्बर आन्दोलन’ लाई अभियानको रूपमा विस्तार गर्न र व्यावसायिक क्षेत्रको सशक्तीकरणका लागि विभिन्न गतिविधिहरू प्रोत्साहित गर्न समर्पित भएर लागिरहेको बताए ।

चेम्बरले निजी र सरकारी क्षेत्र बिच पुलको भूमिका निर्वाह गरिरहेको उनले बताए । नेपाल चेम्बर अफ कमर्सले प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्स, वस्तुगत सङ्घ, आबद्ध सङ्घ लगायत द्विपक्षीय वाणिज्य तथा उद्योग सङ्घहरूको प्रतिनिधित्व गरेको छ ।

देशमा रजिस्टर्ड फर्महरू, व्यापार र उद्योग क्षेत्रका सङ्घ संस्था, द्विपक्षीय व्यापार तथा उद्योग सङ्घ चेम्बरसँग आबद्ध रहेको छ । नेपाल चेम्बर अफ कमर्सले ७० वटा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सहरूसँग आर्थिक क्रियाकलाप विस्तार गर्न समझदारी पत्रमार्फत सम्बन्ध स्थापित गरेको छ ।

सुदूरपश्चिम प्रदेशका व्यवसायीक मुद्दाहरूलाई चेम्बरले सरोकारवाला पक्षसँग वकालत गर्दै आएको छ । पर्यटन प्रबद्र्धनका साथै व्यवसायी र सुदूरपश्चिम प्रदेशका उत्पादन बस्तुहरूको प्रवद्र्धन गर्दै सुदूरपश्चिममै उब्जाउने, सुदूरपश्चिमकै खाने, सुदूरपश्चिममै बनाउने, सुदूरपश्चिमकै लगाउने र समृद्ध सुदूरपश्चिम बनाउने अभियान सँग सहकार्य गरी कार्यक्रम गर्दै आएको सुदूरपश्चिम प्रदेश चेम्बरका महासचिव भट्टले बताए ।