खाेज्नुहाेस

बागमतीको मुख्यमन्त्रीमा बानियाँ नियुक्त

Image

कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। आज मंगलबार बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

navjiwan hospital

कांग्रेसबाटै मुख्यमन्त्री बनेका बहादुर सिंह लामा तामाङले पदबाट राजीनामा दिएपछि बानियाँ मुख्यमन्त्री बनेका हुन्। सोमबार कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थनसहित नेता बानियाँले मुख्यमन्त्रीमा दाबी गरेका थिए। सोहीअनुसार बानियाँलाई आज प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

godawari nagarpalika dadhelo
attariya hospital

बागमतीका तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्री पदमा बानियाँलाई समर्थन गर्दै एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाको हस्ताक्षरसहित दाबी गरिएको थियो।