खाेज्नुहाेस

कृष्णपुर नगरपालिकाले पालेको चित्तल माथि छानबिन गर्न निर्देशन

Image

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले पालेको चित्तलमाथि छानबिन गर्न डिभिजन वन कार्यालय कञ्चनपुरले निर्देशन दिएको छ । नगरपालिकाले विगत एक वर्षदेखि अवैध रूपमा चित्तल पालन गर्दै आएको भन्दै डिभिजन वन कार्यालय कञ्चनपुरले वाणी सब डिभिजन वन कार्यालयलाई छानबिन गर्न निर्देशन दिएको हो ।

शुक्रवार डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामविचारी ठाकुरले सब डिभिजन वन कार्यालय वाणीलाई छानबिन गर्न निर्देशन दिँदै पत्राचार गरेका छन् ।

attariya hospital
navjiwan hospital

पत्रमा कृष्णपुर नगरपालिकाले चित्तलका लागि छुट्टै खोर नै बनाएर दुई वटा चित्तल पालन गर्दै आएको जानकारी आएकाले त्यसको विषयमा जाँचबुझ प्रतिवेदन पेस गर्न भनिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा (१५) बमोजिम वन्यजन्तुको संरक्षण, प्रवर्धन तथा पालन गर्न चाहने व्यक्ति वा संस्थाले अनुमति लिनुपर्ने व्यवस्था रहेको छ । तर सो पालिकाले अनुमति लिएको नलिएको ? के कुन प्रयोजनका लागि पालन भइरहेको ? कहाँबाट कुन अवस्थाबाट ल्याइएको ? सो वन्यजन्तुको हालको अवस्था के कस्तो रहेको छ ? सो सम्बन्धमा छानबिन गर्न भनिएको छ ।