खाेज्नुहाेस

कञ्चनपुरमा एक किशोर माथि खुकुरी प्रहार

Image

कञ्चनपुर – कञ्चनपुरमा एक किशोर माथि खुकुरी प्रहार भएको छ । बुधवार राती पुर्नवास नगरपालिका–५ स्थित ‘घ’ गाउँका १६ वर्षीय आयुष बोहरामाथि खुकुरी प्रहार भएको हो ।

navjiwan hospital

पुर्नवास नगरपालिका–५ स्थित ‘ग’ गाउँमा रहेको भानु युवा क्लबको खेल मैदानमा सामान्य विवादका क्रममा सोही ठाउँका १६ वर्षीय रोहित टमटा र २० वर्षीय पर्वत सुनारले बोहरा माथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो ।

attariya hospital

खुकुरी प्रहारबाट घाइते बोहराको धनगढी स्थित निर्सग अस्पतालमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न टमाटा र सुनारलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडी बढाइएको प्रहरीले जनाएको छ ।