अत्तरिया – कञ्चनपुरबाट प्रहरीले लागू औषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।


जिल्ला अदालत कञ्चनपुरको २०८१ मंसिर ९ गतेको फैसलाले लागू औषध मुद्दामा २ महिना कैद सजाय तोकिएका भीमदत्त नगरपालिका – ९ का ४० वर्षीय हिरा नाथ योगी पक्राउ परेका हुन ।
उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधवार घरबाटै पक्राउ गरेको थियो ।















