अत्तरिया– कञ्चनपुरबाट अवैध भन्सार छलीका सामान बरामद गरिएको छ । मंगलबार जिल्लाको भीमदत्त नगरपालिका– १० जिमुवा र गज्जरबाट प्रहरीले अवैध भन्सार छलीका सामान बरामद गरेको हो ।

प्रहरी चौकी जिमुवाबाट खटिएको प्रहरीले टोलीले करिब ९२ हजार ५०० मुल्य बराबरका चिनि, सुटपिस, धोती लगायतका सामान बरामद गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

















