अत्तरिया – कञ्चनपुरबाट प्रहरीले लागू औषध सहित २ जनालाई पक्राउ गरेको छ । सोमबार इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका – ६ नकैयाबाट लागू औषध सहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्ने पुनर्वास नगरपालिका – ४ का राम कुमार राना र पुनर्वास नगरपालिका – ६ का कल्लु राना रहेका छन् ।

उनीहरूको साथबाट २.४३ ग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


















