सुदूरपश्चिम क्षेत्रका भौगोलिक, सामाजिक र आर्थिक रूपमा सीमान्तकृत समुदायका लागि उच्च शिक्षा सुलभ गराउने दृष्टिकोणले सुदूरपश्चिम विश्वविद्यालयको स्थापना नेपालको उच्च शिक्षाको इतिहासमा महत्वपूर्ण मोड हो । सुदूरपश्चिम जस्तो भौगोलिक दृष्टिले चुनौतीपूर्ण क्षेत्रका लागि सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक अवसरलाई घरदैलोमै ल्याएर जनसाधारणमा नयाँ शैक्षिक चेतना प्रवाह गरेको छ । यसको भौगोलिक अवस्थितिले केवल शैक्षिक पहुँचलाई सहज बनाएको छैन, सामाजिक रूपान्तरणको सम्भावना पनि सिर्जना गरेको छ । दलित, आदिवासी, सीमान्तकृत वर्ग, महिला तथा विपन्न समुदायहरूका लागि सुदूरपश्चिम विश्वविद्यालय उच्च शिक्षामा प्रवेश गर्ने गेटवे बनेको छ, जसले सामाजिक न्यायको अभ्यास र सामाजिक गतिशीलताको अवसर समेत प्रदान गरेको छ । यस संस्थाले शैक्षिक अवसरलाई केन्द्रविन्दुमा राख्दै सुदूरपश्चिमको सामाजिक, सांस्कृतिक र आर्थिक सन्दर्भमा सुहाउँदो शैक्षिक हस्तक्षेप गर्न थालेको छ, जुन नेपालकै शैक्षिक समावेशीकरणको सन्दर्भमा एक सशक्त उदाहरण हो ।
विश्वविद्यालयले समावेशी दृष्टिकोण, स्थानीय सन्दर्भमा आधारित नीतिहरू, र विकेन्द्रित शिक्षाको माध्यमबाट अवसरको समान वितरण गर्न खोजेको प्रयत्न सराहनीय छ । ‘शिक्षा सबैका लागि’ भन्ने मान्यताको व्यवहारिक अभ्यास गर्दै सुदूरपश्चिम विश्वविद्यालयले स्थानीय जनताको जीवनस्तर उकास्ने, उनीहरूमा चेतनाको विकास गर्ने, र सामाजिक न्याय प्रवद्र्धन गर्ने दिशामा आफूलाई स्थापित गर्न थालेको छ । सुदूरपश्चिम विश्वविद्यालय केवल शैक्षिक संस्था होइन, सुदूरपश्चिमको सामाजिक पुनर्जागरणको ऐतिहासिक संवाहकका रूपमा उदाउँदै गएको छ, जसको दीर्घकालीन सफलताको सर्त भनेको गुणस्तरीयता, उत्तरदायित्व र संस्थागत सुधारमा आधारित सशक्त रूपान्तरण हो ।


सुदूरपश्चिम विश्वविद्यालयले स्नातकदेखि पीएचडी तहसम्म सञ्चालन गरिरहेका विविध संकाय र शैक्षिक कार्यक्रमहरूका माध्यमबाट आफूलाई नेपालकै एक बहुआयामिक र समावेशी शैक्षिक संस्थाका रूपमा स्थापित गर्न सफल भएको छ । मानविकी, शिक्षा, विज्ञान, प्रविधि, व्यवस्थापन, कृषि, इञ्जिनियरिङ, कानुन, स्वास्थ्य तथा प्राकृतिक स्रोत व्यवस्थापनजस्ता फराकिलो शैक्षिक क्षेत्रको समावेशले विद्यार्थीलाई व्यक्तिगत रुचि, सामाजिक आवश्यकताहरू, तथा व्यावसायिक भविष्यको आधारमा विषय चयन गर्ने अवसर प्रदान गरेको छ । यस्तोबहुविषयक संरचनाले विद्यार्थीलाई पारम्परिक शैक्षिक सीमाभन्दा बाहिर गएर सोच्न, सिक्न र आफूलाई सशक्त रूपमा व्यक्त गर्न सहयोग पु-याएको छ । विशेषतः सुदूरपश्चिमका ग्रामीण, सिमान्तकृत र आर्थिक रूपले कमजोर पृष्ठभूमिका विद्यार्थीहरूलाई सहज पहुँच सहितको गुणस्तरीय शिक्षा दिने सुदूरपश्चिम विश्वविद्यालयको प्रयासले राष्ट्रिय शैक्षिक समावेशीकरणको अभ्यासलाई टेवा पु-याएको छ ।
यद्यपि, विषयगत विविधताको विस्तारसंगै गुणस्तरीय शिक्षाको निरन्तरता र सन्तुलन कायम राख्नु सुदूरपश्चिम विश्वविद्यालयका लागि प्रमुख चुनौती बनेको छ । सबै संकायहरूमा समान रूपले दक्ष जनशक्ति सुनिश्चित गर्नु, प्रयोगात्मक शिक्षाका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउनु, प्रविधिमैत्री शिक्षण–अधिगम वातावरण निर्माण गर्नु, र अनुसन्धान प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार तयार गर्नु चुनौतिपूर्ण बनेको छ । पाठ्यक्रम स्थानीय सन्दर्भ अनुकूल बनाउने कार्यमा सुदूरपश्चिम विश्वविद्यालयले केही पहल गरे पनि सबै संकायमा सो कार्यको प्रभावकारिता समान देखिँदैन । तथापि, सुदूरपश्चिम विश्वविद्यालयले अपनाएको समावेशी पाठ्यक्रम संरचना र स्थानमै शिक्षाको विकल्प उपलब्ध गराउने रणनीतिले विद्यार्थीहरूलाई अन्यत्र जानुपर्ने बाध्यतालाई न्यूनीकरण गर्नुका साथै स्वदेशमै गुणस्तरीय शिक्षा हासिल गर्ने वातावरण निर्माण गर्न सकारात्मक भूमिका खेलेको छ ।
यस्तो सहकार्यले विद्यार्थीहरू र शिक्षकहरूलाई विश्वव्यापी शैक्षिक सञ्जालसँग जडान गर्ने अवसर प्रदान गर्दै शैक्षिक स्वतन्त्रता, नवप्रवर्तनशीलता र सृजनशीलताको विकासमा उल्लेखनीय योगदान पु-याईदिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयले पछिल्लो समय आफ्नो शैक्षिक रणनीति मानव प्रवर्तन, अनुसन्धानमूलक शिक्षण र अन्तर्राष्ट्रिय सहकार्यलाई विशेष प्राथमिकता दिएको देखिन्छ । शिक्षणलाई अनुसन्धानसँग जोड्ने प्रयासले विश्वविद्यालयलाई केवल ज्ञान प्रसारण गर्ने संस्था मात्र होइन, ज्ञान उत्पादन गर्ने गन्तव्य बनाउने दिशामा डो¥याएको छ । अनुसन्धानमा आधारित शिक्षण प्रविधिको विकास, पाठ्यक्रमको सन्दर्भीकरण, र नवीन सोचका साथ गरिएको शैक्षिक क्रियाकलापले सुदूरपश्चिम विश्वविद्यालयलाई ‘टिचिङ युनिभर्सिटी’ बाट ‘रिसर्च युनिभर्सिटी’ तर्फ उन्मुख बनाएको छ । अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सम्मेलनहरूमा सहभागिता, विदेशी विश्वविद्यालयहरूसँग समझदारीपत्रको आदानप्रदान र विभिन्न अनुसन्धान लेखहरूको प्रकाशन जस्ता पहलले विश्वविद्यालयको अन्तर्राष्ट्रिय पहिचान बढाउने मात्र नभई शैक्षिक गुणस्तर समेत समुन्नत बनाएको छ । यस्तो सहकार्यले विद्यार्थीहरू र शिक्षकहरूलाई विश्वव्यापी शैक्षिक सञ्जालसँग जडान गर्ने अवसर प्रदान गर्दै शैक्षिक स्वतन्त्रता, नवप्रवर्तनशीलता र सृजनशीलताको विकासमा उल्लेखनीय योगदान पु-याईदिएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसहरुजस्तै दार्चुला बहुमुखी क्याम्पस, कैलाली बहुमुखी क्याम्पस, टिकापुर बहुमुखि क्याम्पस, जयपृथ्वी बहुमुखि क्याम्पस लगायत सबै क्याम्पसहरुले सुदूरपश्चिम विश्वविद्यालयको शैक्षिक छविमा उल्लेखनीय योगदान पु¥याएका छन् । यी क्याम्पसहरूले नियमित पठनपाठनसँगै फिल्ड भिजिट, इन्टर्नसिप, अनुसन्धान परियोजना र विद्यार्थी केन्द्रित शिक्षण अभ्यासमा ध्यान केन्द्रित गरेका छन् । स्मार्ट बोर्ड र डिजिटल स्रोतको उपयोग मार्फत शिक्षणलाई प्रविधिमैत्री बनाउने प्रयास, विद्यार्थीको सक्रिय सहभागिता सुनिश्चित गर्ने पद्धति र व्यावहारिक सिकाइलाई जोड दिइने वातावरणले शिक्षण–शिकाई प्रक्रियामा गुणात्मक रूपान्तरण ल्याइरहेको छ । यसरी, विश्वविद्यालयका विभिन्न क्याम्पसहरूले आफ्ना भौगोलिक चुनौतीहरूका बाबजुद पनि नवप्रवर्तनशील शैक्षिक अभ्यासमार्फत सुदूरपश्चिम विश्वविद्यालयको प्रतिष्ठालाई राष्ट्रियस्तरमा फैलाउने महत्वपूर्ण काम गरिरहेका छन् ।
यद्यपि, यस्ता सकारात्मक प्रयासहरूको छायामा सुदूरपश्चिम विश्वविद्यालयले केही संरचनागत तथा व्यवस्थापकीय चुनौतीहरूको समेत सामना गरिरहेको यथार्थलाई अस्वीकार गर्न सकिन्न । विश्वविद्यालयमा क्याम्पससमा योजनको प्रक्रिया अझै स्पष्ट र पूर्ण रूपमा संस्थागत नहुनु, राजनीतिक हस्तक्षेपको प्रभाव कहिलेकाहीँ निर्णय प्रक्रियामा परिलक्षित हुनु, योग्यता आधारित पदोन्नति प्रणालीको पूर्ण कार्यान्वयन नहुनु, र दुर्गम क्षेत्रका प्राध्यापक–कर्मचारीलाई पाउनुपर्ने स्थानीय भत्ता तथा सेवा–सुविधा अभाव हुनुले सुदूरपश्चिम विश्वविद्यालयको दीर्घकालीन गुणस्तर विकासमा अवरोध सिर्जनागर्ने सम्भावना देखिन्छ । यस्ता चुनौतीहरूलाई दुरदृष्टियुक्त नीतिगत हस्तक्षेप, शैक्षिक नेतृत्वको सुदृढीकरण, पारदर्शिता तथा जवाफदेहिताको विकास र सबैतहमा समावेशी सहभागिताको सुनिश्चितता मार्फत सम्बोधन गर्न सकिनेछ । यदि विश्वविद्यालयले यी चुनौतीहरूसँग प्रभावकारी ढंगले जुझ्न सकेमा, सुदूरपश्चिम विश्वविद्यालय न केवल सुदूरपश्चिमको, बरु समग्र नेपालको एक अग्रगामी अनुसन्धान तथा नवप्रवर्तनशील विश्वविद्यालय बन्ने दिशामा दृढतापूर्वक अघि बढ्न सक्नेछ ।
विभिन्न समस्या बीच सुदूरपश्चिम विश्वविद्यालयले उपकुलपतिदेखि क्याम्पस प्रमुख सम्मका पदाधिकारी नियुक्तिमा खुला प्रतिस्पर्धात्मक प्रक्रिया अवलम्बन गर्न कार्यविधि निर्माण गरिसकेको छ, जुन सकारात्मक अभ्यासको सूचक हो । तर यो केवल दस्तावेजी अभ्यासमा सीमित नहोस भन्नका लागि त्यसको प्रभावकारी कार्यान्वयन अपरिहार्य हुन्छ । योग्यता प्रणालीको बलियो जग निर्माण गर्न उपकुलपति, डिन, विभागीय प्रमुख र क्याम्पस प्रमुखहरूको नियुक्तिमा राजनीतिक दबाबभन्दा बाहिर रहेर विज्ञताकाआधारमा निर्णय गरिनुपर्छ । नेतृत्व तहमैपूर्ण निष्पक्षता र पारदर्शिता कायम गर्नसकेमा मात्र सुदूरपश्चिम विश्वविद्यालयले आफ्ना दीर्घकालीन लक्ष्यहरू प्राप्त गर्न सक्नेछ । त्यसैले सुदूरपश्चिम विश्वविद्यालयको दिगो प्रगतिका लागि गुणस्तरीय संरचना निर्माणसँगै संस्थागत स्वतन्त्रता र नेतृत्वको पुर्ण निष्पक्षता सुनिश्चित गर्नु अहिलेको सबैभन्दा महत्वपूर्ण आवश्यकतामध्ये एक हो ।

सुदूरपश्चिम विश्वविद्यालयलेअनुसन्धान क्षेत्रमा पछिल्लो समय उल्लेखनीय प्रगति गरेको देखिन्छ । विगतमा विश्वविद्यालय तथा आङ्गिक क्याम्पसहरूमा अनुसन्धानप्रति दृष्टिकोण कमजोर र औपचारिकतामा सीमित रहँदा विश्वविद्यालय अनुसन्धानको मूल केन्द्र बन्नबाट टाढा थियो । तर अहिले धेरै क्याम्पसहरूले आफ्नै पियर रिभ्युजर्नल प्रकाशन गर्न थालेका छन, जुन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको अभ्यास हो । साथै, अनुसन्धान सम्बन्धी तालिमहरू सञ्चालन हुनु, शिक्षक–विद्यार्थीलाई अनुसन्धान परियोजनामा संलग्न गरिनु र शैक्षिक संस्थामा प्रमाणिक अनुसन्धानलाई प्राथमिकता दिनु अनुसन्धान संस्कृतिको विकासतर्फको सशक्त संकेत हो । यस्ता अभ्यासले सुदूरपश्चिम विश्वविद्यालयलाई केवल शिक्षण संस्था होइन, नव ज्ञान उत्पादन र नीति निर्माणमा योगदान दिने अनुसन्धान केन्द्रको रूपमा समेत परिभाषित गर्न थालेको छ ।
यदि यी कार्यक्रमहरूलाई स्पष्ट रणनीति, समुचित अनुगमन, र दीर्घकालीन योजना अनुसार अघि बढाउन सकियो भने सुदूरपश्चिम विश्वविद्यालय अन्तर्राष्ट्रियस्तरमा समेत प्रतिस्पर्धी विश्वविद्यालय बन्ने दिशामाअघि बढ्न सक्नेछ ।
साथै, शिक्षक तथा कर्मचारीहरूको पेशागत विकासका क्षेत्रमा सुदूरपश्चिम विश्वविद्यालयको पहल सराह्रनीय छ । विश्वविद्यालयले प्राध्यापकहरूलाई तालिम, गोष्ठी, अनुसन्धान अनुदान, र अध्ययन बिदा जस्ता अवसरहरू प्रदान गर्दैआएको छ, जसले उनीहरूको शैक्षिक तथा अनुसन्धान क्षमतामा गुणात्मक वृद्धि ल्याएको छ । धेरैजसो प्राध्यापकहरू एमफिल र पीएचडी अध्ययनमा संलग्न छन्, लेख–रचना प्रकाशन गरिरहेका छन्, र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सक्रिय सहभागिता जनाइरहेका छन् । यी सबै अभ्यासहरूले सुदूरपश्चिम विश्वविद्यालयभित्रको शैक्षिक वातावरणलाई प्राज्ञिक दृष्टिले समृद्ध बनाएको छ । तर, यी प्रयासहरूलाई अझ संस्थागत, दीगो र समावेशी बनाउने आवश्यकता पनि उत्तिकै महत्वपूर्ण छ । यदि यी कार्यक्रमहरूलाई स्पष्ट रणनीति, समुचित अनुगमन, र दीर्घकालीन योजना अनुसार अघि बढाउन सकियो भने सुदूरपश्चिम विश्वविद्यालय अन्तर्राष्ट्रियस्तरमा समेत प्रतिस्पर्धी विश्वविद्यालय बन्ने दिशामाअघि बढ्न सक्नेछ ।
अनुसन्धानक्षेत्रमै मात्र होइन, विद्यार्थीको शैक्षिक अनुभवका दृष्टिकोणबाट पनि सुदूरपश्चिम विश्वविद्यालयले पछिल्लो समय उल्लेखनीय र आशाजनक प्रगति गरेको देखिन्छ । विगतमा नियमित कक्षा सञ्चालन, पाठ्यक्रमको प्रासङ्गिकता तथा विद्यार्थीकोअनुसन्धानमा संलग्नता कमजोर रहेको गुनासो भइरहँदा अहिले भने उत्तीर्ण दरमा बृद्धि, अनुसन्धान परियोजनामा विद्यार्थीको सहभागिता, पाठ्यक्रम परिमार्जन तथा नवप्रवर्तनशील अभ्यासको थालनी र अतिरिक्त क्रियाकलापमा सक्रिय संलग्नता जस्ता सूचकहरूले सुदूरपश्चिम विश्वविद्यालयको गुणस्तरीय सुधार प्रस्ट पार्छन् । यस्ता प्रगतिहरूले विद्यार्थी केन्द्रित शिक्षण–शिकाई संस्कृतिको विकास मात्र गरेको छैन, विश्वविद्यालयको समग्र प्राज्ञिक छविमा समेत सकारात्मक प्रभाव पारेको छ । तर, यो प्रगतिलाई दीर्घकालीन बनाइराख्न विद्यार्थीहरूको विविध पृष्ठभूमि, भाषिक तथा सामाजिक सन्दर्भ अनुसार शिक्षण विधिको समायोजन र निरन्तर अनुगमनको व्यवस्था अपरिहार्य हुनेछ ।
त्यस्तै, सुदूरपश्चिम विश्वविद्यालयले समुदायसँगको सहकार्यमा समेत उल्लेखनीय कार्य गर्दैआएको छ, जसले विश्वविद्यालयलाई केवल शैक्षिक संस्था होइन, सामाजिक रूपान्तरणको सक्रिय संवाहकको रूपमा स्थापित गर्न थालेको छ । शिक्षा अब केवल कक्षा भित्रको पाठ्यक्रममा सीमित नरही समुदायमा प्रत्यक्ष प्रभाव पार्ने अभ्यास बन्न थालेको छ, जसले ‘समुदाय सहभागिता’ को अवधारणालाई सुदृढ बनाएको छ । सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पसहरूले स्थानीय समुदायसँग सहकार्य गर्दै शैक्षिक परियोजना, सचेतना कार्यक्रम र सेवा–आधारित सिकाइलाई प्रोत्साहन गरेकाले विश्वविद्यालयको सामाजिक उत्तरदायित्व बोध स्पष्ट भएको छ । यस किसिमको सहभागितामूलक अभ्यासले सुदूरपश्चिम विश्वविद्यालयको लोकप्रियता बढाएको छ र स्थानीयस्तरमै त्यसको स्थायित्व सुनिश्चित गर्ने आधार तयार गरेको छ । यद्यपि, यस्तो सहकार्यलाई अझ संस्थागत, नीति आधारित र समन्वित बनाएर अगाडि बढाउन सकेमा सुदूरपश्चिम विश्वविद्यालयको प्रभावक्षेत्र अझ फैलिन सक्नेछ, जसले विश्वविद्यालयको समावेशीता र दिगोपनालाई अझ बलियो बनाउनेछ ।
त्यस्तै, विदेशी विद्यार्थीहरूको उपस्थिति विशेषगरी बंगलादेशका विद्यार्थीहरूद्वारा सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत हुनु सुदूरपश्चिम विश्वविद्यालयको अन्तर्राष्ट्रिय सञ्जाल विस्तारतर्फको महत्वपूर्ण संकेत हो । यसले सुदूरपश्चिम विश्वविद्यालयलाई ‘विश्व कै शैक्षिक गन्तब्य’ का रूपमा स्थापित गर्ने सम्भावना जन्माएको छ, जहाँ विद्यार्थी र शिक्षक दुवैले विविध सांस्कृतिक, भाषिक र शैक्षिक पृष्ठभूमिबाट ज्ञान सन्दर्भहरू आदान प्रदान गर्न सक्नेछन् । यस खाले एक्स्पोसरले विश्वविद्यालयको प्राज्ञिक क्षितिज फराकिलो बनाउने छ ।
यद्यपि, सुदूरपश्चिम विश्वविद्यालयले नेपालकै अग्रणी शैक्षिक केन्द्र बन्ने दीर्घकालीन लक्ष्य हासिल गर्न आन्तरिक र बाह्य दुवै तहमा थप सुधार आवश्यक देखिन्छ । आन्तरिक सुधारका पक्षहरूमा प्राध्यापक समायोजनको स्पष्ट कार्यनीति, सेवासुविधाको अभिवृद्धि, अनुसन्धान प्रवद्र्धनका लागि स्रोतको सुनिश्चितता, पुर्णनिष्पक्ष र योग्यता आधारित नियुक्ति प्रणाली तथा प्रासंगिक र नवप्रवर्तनशील पाठ्यक्रम विकास जस्ता कुराहरू पर्दछन् । त्यस्तै, बाह्य सुधारको सन्दर्भमा राजनीतिक हस्तक्षेपको अन्त्य, राज्यको पर्याप्त लगानी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य सशक्त बनाउने कार्य अत्यन्त जरुरी छ । यी दुवै खालका सुधारलाई समन्वित रूपमा अघि बढाउन सकिएमा सुदूरपश्चिम विश्वविद्यालयले न केवल सुदूरपश्चिमक्षेत्रको शैक्षिक नेतृत्व गर्न सक्नेछ, बरु राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै प्रतिस्पर्धी, समावेशी र गुणस्तरीय विश्वविद्यालयका रूपमा आफ्नो पहिचान थप बलियो बनाउन सक्नेछ । संस्थागत प्रतिबद्धता, नीतिगत स्पष्टता र शैक्षिक दिगोपनाको एकीकृत कार्यान्वयनले मात्र सुदूरपश्चिम विश्वविद्यालयको सम्भावनालाई वास्तविकतामा पूर्ण रूपान्तरण गर्न सकिन्छ ।
अनुसन्धान संस्कृतिको विकास, पाठ्यक्रम नवप्रवर्तन, अन्तर्राष्ट्रिय सहकार्य, र समुदायसँगको सम्बन्ध विस्तारले सुदूरपश्चिम विश्वविद्यालयलाई एक समावेशी, नवप्रवर्तनशील र सामाजिक सरोकारप्रति उत्तरदायी विश्वविद्यालयको रूपमा स्थापित गर्न थालिसकेको छ । यस्ता उपलब्धिहरूले सुदूरपश्चिम विश्वविद्यालयको भविष्यप्रति आशा जगाउने बलियो आधार निर्माण गरेका छन् ।
निष्कर्षमा, सुदूरपश्चिम विश्वविद्यालयको हालसम्मको प्रगति प्रेरणादायी मात्र नभई सम्भावनायुक्त पनि देखिन्छ । भौगोलिक विकटता, स्रोतको अभाव र व्यवस्थापकीय जटिलता जस्ता विविध चुनौतीहरूका बाबजुद सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक सुधार, अनुसन्धान प्रवद्र्धन, प्रशासनिक सुदृढीकरण र सामाजिक उत्तरदायित्वका क्षेत्रमा देखाएको सक्रियता उल्लेखनीय छ । अनुसन्धान संस्कृतिको विकास, पाठ्यक्रम नवप्रवर्तन, अन्तर्राष्ट्रिय सहकार्य, र समुदायसँगको सम्बन्ध विस्तारले सुदूरपश्चिम विश्वविद्यालयलाई एक समावेशी, नवप्रवर्तनशील र सामाजिक सरोकारप्रति उत्तरदायी विश्वविद्यालयको रूपमा स्थापित गर्न थालिसकेको छ । यस्ता उपलब्धिहरूले सुदूरपश्चिम विश्वविद्यालयको भविष्यप्रति आशा जगाउने बलियो आधार निर्माण गरेका छन् ।
त्यसैले सुदूरपश्चिम विश्वविद्यालयलाई अझ व्यवस्थित, प्रभावकारी र दिगो प्रगतिका लागि सुसंरचित नीति निर्माण, दूरदर्शी तथा पारदर्शी नेतृत्व, पेशागत इमानदारी र सबैतहमा समावेशी सहभागिता आवश्यक छ । विश्वविद्यालयसँग प्रत्यक्ष वा परोक्ष रूपमा सम्बन्धित सम्पूर्ण सरोकारवाला प्राध्यापक, विद्यार्थी, कर्मचारी, पदाधिकारी, नीति निर्माता र नागरिक समाजले आ–आफ्नो भूमिकामा प्रतिबद्ध र उत्तरदायी बनेमा मात्र सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो उद्देश्य प्राप्त गर्न सक्छ । इमानदार, समन्वयात्मक र उत्तरदायी प्रयासमार्फत सुदूरपश्चिम विश्वविद्यालयले निकट भविष्यमै राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रियस्तरमा पनि ‘गुणस्तरीय विश्वविद्यालय’ को रूपमा आफ्नो पहिचान सुदृढ पार्ने बलियो सम्भावना रहेको छ । सुदूरपश्चिम विश्वविद्यालयको आगामी यात्रा अब नीतिगत स्पष्टता र साझा प्रतिबद्धताको सफल कार्यान्वयनमा निर्भर रहनेछ ।
लेखक सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन ।

















