खाेज्नुहाेस

आज बीपी कोइरालाको ४३औँ स्मृति दिवस मनाइँदै

Image

काठमाडौँ – नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली साहित्यका मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक विश्वेश्वरप्रसाद कोइरालाको ४३औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विसं २०३९ साउन ६ गते उनको निधन भएको थियो।

navjiwan hospital

विसं १९७१ भदौ २४ गते जन्मेका कोइराला विसं २०१५ को संसदीय निर्वाचनपछि विसं २०१६ जेठमा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए। उनले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि महत्त्वपूर्ण राजनीतिक नेतृत्व प्रदान गरे। प्रधानमन्त्रीत्वकालमा उहाँले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाएका थिए।

attariya hospital

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाद्वारा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेताहरूलाई सुन्दरीजल बन्दीगृहमा राखिएको थियो। आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएर विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ उनी स्वदेश फर्किएका थिए । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ।

साहित्यका क्षेत्रमा पनि उनको महत्त्वपूर्ण योगदान रहेको छ। उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’ र ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित छन्।