खाेज्नुहाेस

कैलाली र कञ्चनपुरमा वर्षा हुँदै

Image

कैलाली र कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ७२ दशमलव ४ मिलिमिटर र दोधारामा ५९ दशमलव ६ मिलिमिटर वर्षा भएको छ । कैलालीको धनगढीमा २० दशमलव ६ मिलिमिटर पानी परेको छ ।

navjiwan hospital

ठूलो पानी परेका क्षेत्र भई बहने खोला आसपासमा सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले भनेजस्तो अरू ठाउँमा भने खासै ठूलो पानी परेन ।

attariya hospital

केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । महाशाखाले हिजो दिउँसो मधेशबाहेकका अरू प्रदेशमा र राति गण्डकीदेखि सुदूरपश्चिमसम्मका थोरै ठाउँमा ठूलो पानी पर्ने पूर्वानुमान गरेको थियो । तर बितेको २४ घण्टामा कञ्चनपुर र पर्वतमा मात्रै ठूलो पानी परेको महाशाखाको रेकर्डमा उल्लेख छ ।