अत्तरिया – कञ्चनपुरबाट लागू औषध सहित तीन जना पक्राउ परेका छन् । मंगलबार भीमदत्त नगरपालिका – ३ का ललित जोशी लागू औषध सहित घरबाट पक्राउ परेका हुन ।

उनको घरमा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा १ दशमलव ०६ ग्राम लागू औषधी खैरोहेरोईन र २ दशमलव ०६ ग्राम गाजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

यस्तै मंगलबार नै प्रहरी चौकी फटैयाबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका – १ खिरियाबाट तेज बहादुर कार्की र भीमदत्त नगरपालिका – ४ का रोहित भट्ट पक्राउ परेका छन् । उनीहरूको साथबाट बुप्रोनोरफिन ४६ थान एम्पुल, डाईजेपाम १७ थान एम्पुल, प्रोमेथाजीन ४६ थान एम्पुल र सिरिन्ज थान १ फेला परेको प्रहरीले जनाएको छ ।
















