खाेज्नुहाेस

बाढीपहिरोका कारण जयपृथ्वी सहित १० राजमार्ग अवरुद्ध

Image
file photo

अत्तरिया – बाढीपहिरोका कारण देशभरका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

navjiwan hospital

प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभरका १० वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

attariya hospital

प्रहरीका अनुसार बझाङको छविसपाथिभेरा गाउँपालिका –१ मा जयपृथ्वी राजमार्ग, नवलपरासीमा पूर्व–पश्चिम राजमार्ग, संखुवासभामा कोशी राजमार्ग, पाँचथरको मेची राजमार्ग, रसुवामा पासाङ ल्हामु राजमार्ग, मकवानपुरमा कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, डोल्पाको भेरी कोरिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी कोरिडोर अवरुद्ध भएका हुन् ।

यसैबीच, बाढीपहिरोका कारण अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी कोरिडोर, गुल्मीमा पनि सोही खण्ड र रोल्पास्थित शहीद राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन् ।