खाेज्नुहाेस

डोटीमा करेन्ट लागेर ७ बाख्रा मरे

Image
Photo : AI

डोटी – डोटीमा जंगलमा चर्दै गरेको अवस्थामा करेन्ट लागेर ७ बाख्रा मरेका छन । बडीकेदार गाउँपालिका–३ जैसीबाजमा बिजुलीको करेन्ट लागेर ७ बाख्रा मरेका हुन । जंगलमा बाख्रा चरिरहेको अवस्थामा एक्कासी जमिनमा करेन्ट प्रवाह भई भीमबहादुर साउद र भगिराम साउदका बाख्राको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

navjiwan hospital

घटनाबारे विस्तृत जानकारी भने प्रहरीको अनुसन्धानपछि मात्र थाह हुने खड्यौली प्रहरी चौकीले जनाएको छ । तार लत्रने, रूखका पातहरूमा झांगिने तथा पोलहरू ढलेका कारण वर्षाको समयमा विद्युत् प्रवाह भइरहेकाले त्यसबारे सरोकारवालाले विस्तृत रुपमा जाँच गर्न आवश्यक रहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले बताए ।

add everest academy
attariya hospital