अत्तरिया – कैलालीको अत्तरियामा सुनचाँदी व्यवसायीले प्रदर्शन गरेका छन् । शनिवार सुनचाँदीका गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै कैलाली र कञ्चनपुरका सुनचाँदी व्यवसायीहरूले अत्तरियामा प्रदर्शन गरेका हुन ।

विगत एक महिना देखि देशैभर प्रदर्शन गरिरहेका सुनचाँदी व्यवसायीहरूले विलासिता करको व्यवस्थाले व्यवसाय थप सङ्कटमा परेको भन्दै आन्दोलनका कार्यक्रम गर्दे आएका छन् ।


अत्तरियामा गरिएको प्रदर्शनमा व्यापारीहरुले ‘सुनचाँदीमा लगाएको विलासिता कर खारेज गर’, ‘हामी विरोधमा छौँ’, ‘उपभोक्ता, कालिगड तथा व्यवसायीमैत्री ऐन तुरुन्त जारी गर’, ‘उपभोक्ता अधिकार सुनिश्चित गर’ लगायतका प्लेकार्ड बोकेका थिए ।
सुनचाँदी व्यवसायी संघका सुदूरपश्चिमका प्रवक्ता रूपक सुनारले बजेटमा २ प्रतिशत विलासी करको व्यवस्था खारेज नभए सम्म आन्दोलन जारी रहने बताए । उनले विलासिता करले व्यवसायीलाई मात्रै नभई उपभोक्तालाई समेत असर पर्ने बताए ।