खाेज्नुहाेस

सुदूरपश्चिमको दुई तिहाइको सरकार बहुमतमा खुम्चिँदै !

Image
अत्तरिया – नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को समर्थमा गठन भएको सुदूरपश्चिमको दुई तिहाइको सरकार अब बहुमतमा खुम्चने पक्का पक्की भएको छ । सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने लिने निर्णय गरे पछि सरकार बहुमतमा खुम्चिन लागेको हो ।
attariya hospital
गत साउन २० गते नेपाली कांग्रेसका कमल बहादुर शाह मुख्यमन्त्री बनेपछि उनलाई एमाले र नाउपा गरी ३७ सांसदले समर्थन गरेका थिए । जसमा नेपाली कांग्रेसका १८, एमालेका ११ र नाउपाका ७ सांसद रहेका थिए । जुन प्रदेश सभामा कुल सांसद संख्याको दुई तिहाइ हो ।
navjiwan hospital
बिहीबार मुख्यमन्त्री शाहले नाउपाबाट उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि शुक्रवार बसेको नाउपा संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । उक्त निर्णय कार्यान्वयन आएमा कांग्रेस नेतृत्वको सरकारलाई एमालेको मात्रै समर्थन रहने छ । जुन बहुमतका लागि पर्याप्त भए पनि बहुमतको साख भने गुम्नेछ ।
हाल ५२ सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । जस कारण नाउपाले सरकारबाट छोड्दा पनि सरकारमा बहुमत कायमै रहने भएकाले मुख्यमन्त्रीले विश्वासको मत लिन भने आवश्यक देखिँदैन ।
नाउपाले प्रतिपक्षमा गएपछि सुदूरपश्चिममा प्रतिपक्षी दलको सङ्ख्या  ४ पुग्नेछ । यसअघि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिपक्षमा रहेका थिए । सुदूरपश्चिमका एक्ला स्वतन्त्र सांसद तारा जोशी पनि हाल प्रतिपक्षमा रहेका छन् ।