कञ्चनपुर – कञ्चनपुरमा नालामा डुबेर एक जनाको मृत्यु भएको छ ।

कृष्णपुर नगरपालिका–३ देखतभुलीका ४० वर्षीय अशोक चौधरीको सोमवार राति नालामा डुबेर मुत्यु भएको हो । चौधरी घर नजिकै सडकको छेउमा रहेको नालामा लडेर डुबेपछि घाईते भएका थिए ।


उनको उपचारको लागि सेती प्रादेशीक अस्पताल धनगढी ल्याइएकोमा चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।