खाेज्नुहाेस

कञ्चनपुरका तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

Image

कञ्चनपुर  – पछिल्लो ३ घण्टामा कञ्चनपुर जिल्लास्थित खल्लागोठ र शान्तिपुर बेलौरी वर्षामापन केन्द्रहरू तथा आसपासको क्षेत्रमा मध्यम वर्षा मापन भएको छ । बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान ४:३० बजे सूचना जारी गर्दै यो जानकारी दिएको हो ।

navjiwan hospital

महाशाखाले सो क्षेत्रहरू भई बहने सिहाली, दोदा(मछेली) लगायत स-साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा रहनेहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

attariya hospital

मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।