खाेज्नुहाेस

सुदूरपश्चिमको बजेटमाथि छलफल सुरु, योजना खरिद देखि मनपरीको आरोप

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल सुरु भएको छ । असार १ गते प्रदेश सभामा पेश गरिएको आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि आइतबार देखि छलफल सुरु गरिएको हो । ढिलो गरी सुरु भएको बजेटमाथिको छलफलमा सत्तापक्षकै सांसदहरुले पनि चर्को विरोध गर्दै विभिन्न आरोप लगाएका छन ।

नेपाली कांग्रेसका प्रमुख सचेतक बिक्रमसिंह धामीले बजेट निर्माणमा दलाल हावी भएको बताए । उनले मुख्यमन्त्री र मन्त्रीहरु भन्दा दलाल बलिया देखिएकाले संसदीय समिति गठन गरेर दलाल खोज्नु पर्ने बताए । उनले केहीले आर्थिक लाभ लिएर पुरा सिस्टम सरकार बदनाम हुने अवस्थाबाट मुक्ति दिलाउनुपर्ने बताए ।

add everest academy
attariya hospital
navjiwan hospital

नेकपा एमालेका उपनेता सन्तोष शर्मा थापाले बजेटमा सरकारको मनपरी भएको बताइन । उनले मोलमोलाईमा योजनाहरु बाडिएको पनि आरोप लगाइन । उनले सांसदको भागमा परेको बजेटअनुसार योजना दिए पनि ती योजनासमेत काटिएको बताइन् ।

नेकपा माओवादी केन्द्रका सांसद मानबहादुर धामीले प्रदेश सरकारको बजेट किनबेच भएको आरोप लगाए । उनले भौतिक पूर्वाधार विकास मन्त्रालयको ३० देखि ३५ प्रतिशत र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ४० प्रतिशत बजेट खरिदबिक्री भएको उनले दावी गरे ।

यो प्रमाणित नभए आफूले सांसद पदबाट राजीनामा दिने भन्दै उनले यसबारे छानविन गर्न सरकारलाई चुनौति दिए । एउटा संसदीय समिति बनाएर यसबारे छानविन गर्न आँट गरेर देखाउन उनले मुख्यमन्त्रीलाई आग्रह गरे । धामीले कुनै पालिकामा दर्जनौँ योजना गएका र कुनै पालिकामा पाँच–छवटा योजनामात्र परेको भन्दै यो कुन आधारमा भयो भनेर प्रश्न गरे ।

attariya technical collage

प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट प्रदेश सभामा पेश गरेका थिए । सभामा लगातार तीन दिनसम्म बजेटमाथि छलफल गरेर असार १७ गते बजेट पारित गर्ने तयारी छ । केही दिन अगाडि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले असार १७ गतेसम्म बजेट पारित गर्ने निर्णय गरेको थियो ।