खाेज्नुहाेस

सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित गरिएको छ । प्रदेश सभाको मंगलबार अपराह्न ४ बजेका लागि तय गरिएको बैठक विशेष कारण देखाउदै स्थगित गरिएको हो । बैठक स्थगनको जानकारी प्रदेश सभा सचिवालयले एक सूचना प्रकाशित गरी दिएको छ।

navjiwan hospital

यसअघि प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि प्रस्तुत बजेटमाथि छलफल सुरु हुने कार्यक्रम तय भएको थियो ।

add everest academy
attariya hospital

आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले असार १ गते आगामी आर्थिक वर्ष २०८२÷८३ को लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको अनुमानित बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए ।
बैठक स्थगित भएसँगै बजेटमाथिको छलफल पनि केही समयका लागि स्थगित भएको छ । नयाँ मिति र समय सचिवालयबाट पुनः सूचित गरिने जनाइएको छ ।