खाेज्नुहाेस

मुख्यमन्त्री शाहले गरे लम्कीचुहा अस्पतालको अनुगमन

Image

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लम्कीचुहा प्रादेशिक अस्पतालको अनुगमन गरेका छन।
मुख्यमन्त्री शाहले शनिबार नेपाल सरकारले लम्किचुहा अस्पताललाइ स्तरोन्नति गरी प्रादेशिक अस्पताल घोषणा गरेपछि पहिलोपटक अनुगमन गरेका हुन।

जेष्ठ २६ गते बसेको नेपाल सरकारको मन्त्रीपरिषदको बैठकले १५ शय्याको लम्कीचुहा अस्पताललाई ५० शश्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने स्वीकृति प्रदान गरेको थियो।

add everest academy
attariya hospital
navjiwan hospital

प्रदेश सरकारले लम्किचुहा अस्पताललाई आकस्मिक तथा ल्याबको करिब २ करोड बराबरको उपकरण हस्तान्तरण गरेको थियो । उपकरण प्रयोग भए नभएको र जनताले सेवा सुविधा पाए नपाएको विषयमा पनि मुख्यमन्त्री शाहले जानकारी लिए ।

साथै मुख्यमन्त्री शाहले अस्पतालमा रहेका बिरामीहरूलाई भेटी उनीहरूको स्वास्थ्य अवस्था जानकारी लिइ शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

प्रदेश सरकारले तपशिल बमोजिमको स्वास्थ्य उपकरण  लम्किचुहा अस्पताललाई हस्तान्तरण गरेको अस्पतालका ब्यवस्थापक जयन्द्र जैशिले जानकारी दिए ।

attariya technical collage