खाेज्नुहाेस

“सुदूरपश्चिम प्रदेश दर्पण” स्मारिकाको विमोचन

Image

धनगढी – सुदूरपस्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालयद्वारा प्रकाशित “सुदूरपश्चिम प्रदेश दर्पण” स्मारिकाको विमोचन गरेका छन । प्रदेश प्रमुख कार्यालयले विभिन्न गतिविधिसहित पहिलोपटक स्मारिका प्रकाशन गरेको हो ।

navjiwan hospital

स्मारिका विमोचन गर्दै प्रदेश प्रमुखले यस स्मारिकाले सुदूरपश्चिम प्रदेशको समग्र अवस्था बुझ्न मद्दत गर्ने बताए । स्मारिकामा प्रदेशको सामाजिक, आर्थिक तथा भौतिक अवस्थाका साथै समृद्धिका सम्भावनाहरूको पनि समावेश गरिएको छ ।

attariya hospital

प्रदेश प्रमुख कार्यालयसम्बन्धी विविध सन्दर्भहरू तथा विभिन्न कार्यक्रमका तस्बिरहरू समेत समाविष्ट छन् । स्मारिका प्रकाशनका सन्दर्भमा प्रदेश प्रमुख कार्यालयका सचिव नवराज ढुंगानाले विस्तृत जानकारी दिए ।