खाेज्नुहाेस

सुदूरपश्चिमको बजेटमाथि असार १० देखि छलफल हुने

Image
navjiwan hospital

धनगढी – सुदूरपश्चिममा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल असार १० गतेदेखि सुरू हुने भएको छ । सभामुख भीमबहादुर भण्डारीको अध्यक्षतामा बिहीबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले असार १० गते प्रदेश सभाको बैठक बोलाउने निर्णय भएको हो । उक्त बैठक सोही दिन अपराह्न ४ बजे बस्ने समितिले निर्णय गरेको छ ।

सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल हुने छ । गएको असार १ गते प्रदेशको आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले प्रदेश सरकारको बजेट प्रदेश सभामा प्रस्तुत गरेका थिए ।

add everest academy
attariya hospital