खाेज्नुहाेस

तोलामा २५ सयले घट्यो सुन

Image
file photo

काठमाडौं – साताको तेस्रो कारोबार दिन आज सुनको भाउ घटेको छ। सोमबारको तुलनामा मंगलबार सुनको भाउ एकैदिन तोलामा २ हजार ५०० रुपैयाँले घटेको हो। सुनसँगै चाँदीको भाउमा पनि सामान्य गिरावट आएको छ।

navjiwan hospital

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

add everest academy
attariya hospital

त्यसैगरी, मंगलबार चाँदी तोलामा ५ रुपैयाँले घटेर २ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो।