अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारले क्रिकेट खेलको सम्भावनालाई र अवसरलाई मध्यनजर गरी एक जिल्ला एक क्रिकेट खेल मैदान निर्माण कार्यक्रम अन्तरगत क्रिकेट मैदान निर्माण गरिने भएको छ ।

आइतबार प्रदेश सरकारका अर्थमन्त्री बहादुर सिंह थापाले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै त्यसका लागि १ करोड ३५ लाख बजेट विनियोजन गरेको बताएका छन ।

