धनगढी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट मदन भण्डारी फाउण्डेशन कैलालीको चौथो जिल्ला सम्मेलनले रामचन्द्र जोशीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। सम्मेलनले उपाध्यक्षमा रमेश बस्नेत, सचिवमा मिन बहादुर रावल र कोषाध्यक्षमा उर्मिला चौधरीलाई चयन गरेको हो।

कार्यसमितिका सदस्यहरूमा नेत्र बोहोरा, धिर्जा रावल, गणेश परियार, कमल प्रसाद खनाल, टेक चहादर बोहोरा, निर्मल चौधरी, जुद्ध बहादुर साउद, ज्ञानेन्द्र केसी, राधा कुमारी जोशी, हुकुम बोहोरा, चन्द लामीछाने, दान बहादुर विश्वकर्मा, शिवलाल राना, दयाराम पाध्याय, सरस्वती सिंह, राजकुमार घिमिरे, प्रेम भण्डारी, बल बहादुर थापा रहेका छन्।


फाउण्डेशनको प्रवक्तामा राजेन्द्र प्रसाद खनाल र सल्लाहकार संयोजकमा प्रतिमान चौलागाई चयन भएका छन्।
कार्यक्रमको उद्घाटन नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले गरेका थिए। कार्यक्रममा स्थायी कमिटी सदस्य कर्ण थापा, पार्टी केन्द्रीय सदस्यहरू हरिदेव जोशी, सन्तोष शर्मा थापा, महेश्वर पाठक, सहदेव बोगटी, अफिकाल ओखेडा, प्रदेश अध्यक्ष कृष्ण जैशी, सचिव रणबहादुर चन्द, कैलाली उपाध्यक्ष लोकेन्द्र शाही, सचिव ममता प्रसाद चौधरी, पूर्व जिल्ला सचिव डेजी पाण्डे लगायतको मन्तव्य राखेका थिए ।